काँग्रेसमा आवद्ध अपांग संघद्वारा पार्टी कार्यालयमा धर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

काँग्रेसमा आवद्ध अपांग संघद्वारा पार्टी कार्यालयमा धर्ना

apanga-congress gherau

काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपांग संघले पार्टी केन्द्रिय कार्यालय सानेपामा आइतबार धर्ना दिएको छ । सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै नेपाली काँग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपांग संघका नेता, कार्यकर्ताले धर्ना दिएका हुन ।

पार्टी विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदाप्रति आपत्ति जनाउँदै उनिहरुले धर्ना दिएका हुन । त्यस क्रममा उनीहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै आफूहरुको प्रतिनिधित्व पार्टीका सबै निकायमा हुने व्यवस्था विधानमै गर्न माग गरेका थिए । संवैधानिक व्यवस्था अनुसार पनि पार्टीका सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिनु परेको संघका अध्यक्ष भोजराज श्रेष्ठले जानकारी दिए ।

यसैबीच, नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टीको सबै तहमा राष्ट्रिय लोकतान्त्रिक अपांग संघको माग अनुसार प्रतिनिधित्व सुनिश्चित गर्न सभापति शेरबहादुर देउवासँग माग गरेका छन् । उनले लोकतान्त्रिक पार्टी हुनुको नाताले पनि नेपाली काँग्रेसले विधान संशोधन गरिरहँदा पार्टीमा आवद्ध संघको सो मागलाई सम्बोधन गरेर जानुको विकल्प नरहेको बताए ।

संघले पार्टीको प्रस्तावित ८ वटै तहमा आफूहरुको कम्तिमा पनि २ प्रतिशत प्रतिनिधित्व हुुनुपर्ने माग राखेर धर्ना सहितको दवाव आन्दोलन सुरु गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);