क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवालाई पौडेलको दबाव | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवालाई पौडेलको दबाव

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाव दिएका छन् ।

वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्नुपर्ने मुख्य माग राख्दै पार्टीका जिल्ला सभापतिहरुले धर्ना दिईरहेका छन् ।

सोही धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउन बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भएपनि पार्टीको क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गरे । उनले पार्टीको वैधानिक संकट आउन नदिन आगामी भदौं १८ गते वडा अधिवेशन सम्पन्न हुने गरी युद्धस्तरमा काम अगाडि बढाउन पनि पार्टी नेतृत्व गम्भिर हुनुपर्ने दोेहो¥याए ।

वरिष्ठ नेता पौडेलले भने, ‘युद्धस्तरमा अहोरात्र खटिएर क्रियाशील सदस्यहरुको नामावली टुंग्याएर पार्टीलाई बैधानिक संकटबाट बचाउन पर्दछ । संवैधानिक संकटबाट नेपाली काँग्रेसलाई बचाउनुपर्ने अहिले आवश्यक्ता भएको छ । तपाईहरु सबैलाई थाहै छ–मैल त २०७७ साल मंसीर २८ गतेबाट सुरु भएको महासमिति बैठकदेखि नै कार्यतालिका बनाएर महाधिवेशन गरौं भन्दा मानिएन । अहिले संकट यसरी आएको छ । तर यो अन्तिम घडीमा पनि पार्टीको वैधानिक संकटलाई निवारण गर्न हाम्रो केन्द्रिय नेतृत्व इमान्दार भएर, हामी सबै ईमान्दार भएर लागौं । र हाम्रो पार्टीलाई बचाउन काममा सबै एक होऊ ।’

वरिष्ठ नेता पौडेलले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न आफूले प्रयास गरिरहे पनि पार्टी नेतृत्वले सुनुवाई नगरेको गुनासो पनि गरे । उनले पार्टी नेतृत्व इमान्दार भए अझै पनि तोकिएकै समयमा नेपाली काँग्रेसको १४ औं महाधिवेशन सम्पन्न गर्न सकिने विश्वास पनि व्यक्त गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);