जनप्रतिनिधि विलासी जिवनमा रमाएको देख्दा सर्वसाधारण चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जनप्रतिनिधि विलासी जिवनमा रमाएको देख्दा सर्वसाधारण चिन्तित

bilashi gadi

फूलमाया आले
काठमाडौ, १६ मंसिर
। स्थानीय तहले अस्वाभाविक रूपमा बढाएको करको रकमबाट विलासी गाडी किन्ने, पदाधिकारीको तलब भत्ता लगायत विविध सुविधा वृद्धि गर्ने, वैदेशिक भ्रमणमा जाने, जस्ता विविध कार्यमा फजुल खर्च गर्ने प्रवृत्ति बढिरहेको छ । जनप्रतिनिधिहरु विलासी जिवनमा रमाएको देख्दा निर्वाचनाका बेला गरेको प्रतिबद्धताको विपरित भएको भन्दै सर्वसाधारण चिन्तित देखिएका छन् ।

निर्वाचित भईसकेपछि जनप्रतिनिधिले आफ्नो खर्च धान्न चालूू आर्थिक वर्षमा विभिन्न बाहानमा कर लगाउने एक आपसमा होडबाजीनै चल्यो । विगत २ दशकदेखि कर्मचारीले चलाएको स्थानीय तहमा जनप्रतिनिधी आईसकेपछि खर्च धान्ने विषयमा पूर्व तयारी नहुँृदा विभिन्न बाहानमा कर लगाउन आपसमा होडबाजीनै चलेको हो ।

यही होडवाजी र जनताको असन्तुष्टका बीच केही स्थानीय तहले अस्वाभाविक रूपमा बढाएको कर रकमबाट विलासी गाडी किन्नु, पदाधिकारीको तलब भत्ता लगायत विविध सुविधा वृद्धि गर्नु, वैदेशिक भ्रमण गर्नु, फजुल खर्च गर्ने प्रवृत्ति वढ्दै गएको छ । तर, जनताले तिरेको करले जनप्रतिनिधि आफ्ना विलासी जीवनका लागि खर्च गर्नुले विकास होला भन्ने आशा नरहेको सर्वसाधारण बताउँछन् ।

सर्वसाधारण जनताले तिरेको कर विकास निर्माणमा खर्च गर्नुपर्छ । तर, जनप्रतिनिधिहरु करोडौ रुपैयाँ पर्ने गाढी र लाखौ रुपैया पर्ने मोटरसाइकल चढिरहेका छन । जनप्रतिनिधिको यस्ता कार्य देश र जनताको हित विपरित काम गरिरहेको सर्वसाधारणको गुनासो छ ।

कतिपय जनप्रतिनिधिले नयाँ खरिद गर्न नसकेपछि गाडी भाडामा प्रयोग गरिरहेको पनि पाइएको छ । तर, ललितपुर महानगरपालिकाकी उपमेयरले भने सबै जनप्रतिनिधिले फजुल खर्च नगरेको भन्दै जनताको करबाट एक रुपैयाँ पनि तल माथि हुने गरी खर्च नगरेको दाबी गरिन । उनीले सम्पूर्ण जनताले जनप्रतिनिधि घर घरमा आइपुुगोस भन्ने उद्धेस्यले त्यस्तो सुविधा लिएको हुन सक्ने बताईन ।

जनताले तिरेको कर विकासमा खर्च हुनुपर्छ तर विलासी गाडीमा खर्च गरिएको छ । करको दुरुपयोग गरिएको छ । त्यसको छानबिन आवश्यक छ । जनताप्रति बढी जवाफदेही हुनुपर्नेमा राज्यका उच्च पदस्थ व्यक्ति तथा जनप्रतिनिधि आफ्नो सेवा सुविधा तथा सुखी र विलासी जीवनयापनमा रमाउन थालेका हुन् । जनप्रतिनिधि भोग विलासमा रमाउँदा निर्वाचनको बेला बाँडेका योजना र घोषणा पत्रसमेत अलपत्र हुने अवस्था आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);