सांसदलाई मर्यादाक्रम, पूर्वपदाधिकारीलाई सुविधै सुविधा : कसलाई कति खर्च ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सांसदलाई मर्यादाक्रम, पूर्वपदाधिकारीलाई सुविधै सुविधा : कसलाई कति खर्च ?

samsad bhawan

काठमाडौं, २ भदौ । कार्यकाल सकिनै लागेको संसदले संविधानसभाका सदस्यहरुलाई विशेष मर्यादा र पूर्व पदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने कानुन पारित गर्ने निश्चित भएको छ।

संसदको राज्यव्यवस्था समिति अन्तर्गतको उपसमितिले पूर्व पदाधिकारी (पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री/मन्त्रिपरिषद् अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्ष/पूर्व सभामुख र राष्ट्रिय सभा अध्यक्ष) लाई विलासी सुविधा उपलब्ध गराउने विधेयकमा आइतबार सहमति जुटाएको हो ।

पूर्व पदाधिकारीको परिभाषामा पूर्व सांसदलाई समेत समेट्ने गरी विधेयकमा सहमति जुटाइएको हो। सामान्यत उपसमितिको निर्णय संसदीय समितिबाट अनुमोदन हुने र समितिको निर्णय संसदको पूर्ण बैठकबाट पारित हुने अभ्यासका कारण पूर्व पदाधिकारीलाई विलाशी सुविधा दिने विधेयक यसै संसदबाट पारित हुने निश्चित भएको हो।

कात्तिक ४ गते कार्यकाल सकिन लागेको संसदमा निर्वाचनसम्बन्धी तीनसहित ३४ विधेयक अलपत्र छन्। कांग्रेस सांसद जीवनबहादुर शाही नेतृत्वको उपसमितिले पूर्व राष्ट्रपतिसहितका पूर्व पदाधिकारीलाई आजीवन विलासी सुविधा दिने प्रस्तावित विधेयकको प्रावधानलाई समान्य परिमार्जनसहित पारित गरेको हो ।

उपसमितिले पूर्व राष्ट्रपतिलाई मासिक २ लाख रुपैयाँ घरभाडा, ५० हजार रुपैयाँ वृत्ति, सचिवालय, सवारी साधन, इन्धन, चालक, सुरक्षासहितको सुविधा दिने विधेयकको प्रावधानलाई यथावत राखेको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);