निर्वाचन सम्बन्धी दुई महत्वपुर्ण विधेयक आज पारित हुने, पुर्व पदाधिकारीलाई दिने सुविधाबारे पनि आज हुँदैछ निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निर्वाचन सम्बन्धी दुई महत्वपुर्ण विधेयक आज पारित हुने, पुर्व पदाधिकारीलाई दिने सुविधाबारे पनि आज हुँदैछ निर्णय

व्यवस्थापिका संसदको बैठक बस्दै, स्थानीय तहसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने कार्यसुची, आजै पुर्व विशिष्ठहरुको सेवा सुविधा सम्बन्धी विधेयक पनि पारित गरिने

निर्वाचन सम्बन्धी दुई महत्वपुर्ण विधेयक आज पारित हुने

काठमाडौं । आज व्यवस्थापिका संसदको बैठक बस्दै छ । बैठकमा स्थानीय तहसँग सम्बन्धित महत्वपूर्ण दुईवटा विधेयक पारित गर्ने कार्यसुची रहेको छ ।

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गर्ने निर्वाचन क्षेत्र निर्धारण विधेयक र उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले पेश गर्ने गाउँपालिका तथा नगरपालिकाको वडा निर्धारण विधेयक पारित गर्ने कार्यसूचि छ ।

दुवै विधेयक संसदमा सामान्य छलफल गरि पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । यस्तै, संसदबाट आइतबार पूर्व विशिष्ट पदाधिकारीलाई दिइने सुविधा सम्बन्धी विधेयक पारित गर्ने तयारी छ ।

संसदले पूर्व पदाधिकारीको सुविधा सम्बन्धी विधेयक २०७३ सामान्य छलफल गरि फाष्टट्रयाकबाट पारित गर्न लागेको हो । यो विधेयक उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले पेश गर्नुहुनेछ ।

संसदले आइतबार नै प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी विधेयक तथा उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक सेवा र सुविधाका अन्य शर्त सम्बन्धी विधेयक आइतबार नै समितिमा छलफलका लागि पठाउनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);