निर्वाचन सम्बन्धि दुई वटा विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निर्वाचन सम्बन्धि दुई वटा विधेयक पारित

१२ माघ, काठमाडौं । निर्वाचन सम्बन्धी दुई वटा महत्वपूर्ण विधेयक व्यवस्थापिका संसदको बुधबारको बैठकले पारित गरेको छ । बैठकले निर्वाचन आयोग सम्बन्धी विधेयक र मतदाता नामावली सम्बन्धी विधेयक पारित गरेको हो । संसदले पारित गरेको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कानुन कार्यान्वयनका लागि बाटो खुल्छ ।

निर्वाचन सम्बन्धि दुई वटा विधेयक पारित

१२ माघ, काठमाडौं । निर्वाचन सम्बन्धी दुई वटा महत्वपूर्ण विधेयक व्यवस्थापिका संसदको बुधबारको बैठकले पारित गरेको छ । बैठकले निर्वाचन आयोग सम्बन्धी विधेयक र मतदाता नामावली सम्बन्धी विधेयक पारित गरेको हो । संसदले पारित गरेको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कानुन कार्यान्वयनका लागि बाटो खुल्छ ।

यो विधेयक पारित भएसँगै सरकारलाई निर्वाचनको मिति घोषणा गर्न बाटो खुल्छ । निर्वाचन आयोग सम्बन्धि विधेयकमा आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने प्रावधान रहेको छ । संसदको राज्य व्यवस्था समितिले तयार पारेको प्रतिवेदनसहितको विधेयक केही दिनअघि बसेको संसद बैठकमा पेस गरिएको थियो ।

बैठकमा सासंदले उठाएको प्रश्नको जवाफ दिदै उपप्रधानमन्त्री एवं गृहमन्त्री बिमलेन्द्र निधिले नेपाली जनताको अधिकार सुनिश्चित गर्नका लागी पनि मतदाता सम्बन्धी बिधेयक अनिवार्य भएको उल्लेख गर्नुभयो । राजनीतिक दल सम्बन्धी विधेयक, स्थानीय तहको निर्वाचन सम्बन्धी विधेयक र निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक राज्य व्यवस्था समितिमा विचाराधिन छन् । यी विधेयकहरुलाई पनि पन्ध्र गतेभित्र टुंगो लगाइसक्ने राज्य व्यवस्था समितिले जनाएको छ ।

२०७४ माघ ७ गतेसम्म संवैधानिक व्यवस्था अनुसार स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन गरिसक्नुपर्छ। त्यसका लागि अझै चार वटा कानुन बनाउनुपर्छ । निर्वाचन क्षेत्र निर्धारण आयोग सम्बन्धी विधेयक मन्त्रिपरिषदको विधेयक शाखामा छ । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी विधेयक, राष्ट्रिय सभा सदस्य सम्बन्धी विधेयक र प्रदेश सभा सदस्य सम्बन्धी विधेयकहरु गृह मन्त्रालयमा विचाराधिन छन् । यसैबीच संसदको अर्को बैठक शुक्रबार १ बजे बस्नेगरी स्थगित गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);