तराई टुक्राउने प्रयास हुदैछ–प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

तराई टुक्राउने प्रयास हुदैछ–प्रधानमन्त्री दाहाल

१३ माघ पर्वत ।
प्रधानमन्त्री पुष्पकमल दाहालले तराईलाई टुक्राउन खोज्नेले टाउको उठाउन खोजेको आरोप लगाउनुभएको छ । पर्वतको कु्श्मामा आयोजीत पाँचौ पर्वत महोत्सवको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमा निर्वाचनको आवश्यकता रहेको बेला संविधान संसोधनको विरोध गर्ने नाउँमा केहि शक्तिहरु तराईलाई टुक्राउन लागेको

तराई टुक्राउने प्रयास हुदैछ–प्रधानमन्त्री दाहाल

१३ माघ पर्वत ।
प्रधानमन्त्री पुष्पकमल दाहालले तराईलाई टुक्राउन खोज्नेले टाउको उठाउन खोजेको आरोप लगाउनुभएको छ । पर्वतको कु्श्मामा आयोजीत पाँचौ पर्वत महोत्सवको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमा निर्वाचनको आवश्यकता रहेको बेला संविधान संसोधनको विरोध गर्ने नाउँमा केहि शक्तिहरु तराईलाई टुक्राउन लागेको आरोप लगाउनुभयो ।
 
महोत्सवको उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले निर्वाचन सम्बन्धि विधेयक ल्याउन समस्या सृजना गरेका कारण निर्वाचनको मिति पछाडी धकलिएको भन्दै तराई मधेसलाई  विश्वासमा लिएर जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले संविधानको कार्यान्वयनको सुनिश्चितताको लागि सवैलाई विश्वासमा लिएर जानुपर्ने अवस्था रहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आर्थिक विकासलाई गति दिनका लागि पनि निर्वाचन आवश्यक रहेको बताउदै देशमा केहि शक्तिले राजनैतिक स्थिरता हुन नदिने अवस्थामा सवै राजनैतिक शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।

नेपाली जनताको एकतालाई खलबलाउन केहि शक्ति लागेको भन्दै संघिय लोकतान्त्रीक संविधानलाई कार्यान्वयन गर्नु नै देशको पहिलो आवश्यकता रहेको बताए । देशमा अर्को कुनै खालको आन्दोलनको अर्थ नरहेको भन्दै आर्थिक सम्बृद्धिका नै देशको प्रमुख आवश्यकता रहेको दोहोराउदै प्रधानमन्त्री प्रचण्डले अव राजनैतिक स्थिरता र निर्वाचनको वातावरण बनाउन सवै दल मिल्नुको विकल्प नरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आगामी माघ ७ गतेसम्म तिन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने सरकारको पहिलो काम रहेको बताउँदै निर्वाचन समयमा गर्न नसक्दा राजनैतिक अप्ठयारो आउन सक्ने बताए । सवैलाई समेटेर मात्रै  स्थानीय तहको निर्वाचनमा जान सरकार तयार रहेको समेत प्रधानमन्त्री दाहालले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);