राष्ट्रिय स्वाधिनतामा आँच आउन दिन्नः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

राष्ट्रिय स्वाधिनतामा आँच आउन दिन्नः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जस्तोसुकै कठिन परिस्थिति आएपनि नेपालको राष्ट्रिय स्वतन्त्रता,भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनतामा आच आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

काठमाडौमा आजवाट सुरु निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनको १३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले जस्तोसुकै कठिन परिस्थिति आएपनि राष्ट्रिय स्वतन्त्रता,भौगोलिक अखण्डतामा र राष्ट्रिय स्वाधिनतामा सम्झौता गरेर देशभक्त नागरिकको शिर झुकाउने काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले सरकार हिमाल,पहाड र तराईलाई भावनात्मक एकतामा लैजान लागिपरेको भन्दै सहमतिको नाममा विखण्डनवाद्लाई कुनैपनि हालतमा स्वीकार नगर्ने स्पष्ट पार्नुभयो ।

उहाले स्थानीय तहको निर्वाचनलाई एकै चरणमा सम्पन्न गर्ने सरकारको तयारी रहेको समेत जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले गलत शिक्षा नितिकै कारण निजी क्षेत्रको शिक्षा र सरकारी शिक्षामा ठुलो अन्तर रहेको भन्दै शिक्षा नीतिमा व्यापकर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

दुई दिनसम्म चल्ने प्याब्सनको महाधिवेशनले नया कार्यसमितिको चयन गर्नेछ । महाधिवेशनमा देशभरिवाट २२ सय ४० जना प्रतिनिधिहरु सहभागि छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);