अहिलेको माहोल अनुकूल हुँदै गैरहेको अध्यक्ष दाहालको दावी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अहिलेको माहोल अनुकूल हुँदै गैरहेको अध्यक्ष दाहालको दावी

काठमाडौं, २६ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको माहोल अनुकूल हुँदै गैरहेको दावी गर्नुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित आफू निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद् बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली अब रक्षात्मक हुने वातावरण बनिसकेकाले अवस्था सकारात्मक बनेको बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का अध्यक्ष माधबकुमार नेपालले अहिलको लडाइँ केपी ओली र आफूहरुबीचको निजी लडाइँ नभएको प्रष्ट पार्नुभयो । यो लडाइँ संघीयता, लोकतन्त्रलाई कमजोर बनाउने र बलियो बनाउन चाहनेबीचको भएको उहाँको दावी छ ।

यस्तै अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रमेश अधिकारीले सरकारले प्रतिनिधि सभा विघटन गरेकाले आफूहरु आवाज उठाउन बाध्य भएको तर्क गर्नु भयो ।

दाहाल–नेपाल पक्षले आगामी माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा विघटन भएपछि दुई पक्षमा विभाजित नेकपामा अहिले सडक प्रदर्शनको होडबाजी नै चलेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);