संक्रमणकालीन न्याय टुंगोमा नपुर्‍याए गणतन्त्र गुम्ने खतरा : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संक्रमणकालीन न्याय टुंगोमा नपुर्‍याए गणतन्त्र गुम्ने खतरा : प्रचण्ड

काठमाडौं, ९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने बाहेक आफ्नो कुनै राजनीतिक ध्येय नरहेको दावी गर्नु भएको छ ।

तत्कालीन माओवादी विद्रोहका सुप्रिम कमाण्डर समेत रहनु भएका अध्यक्ष दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने वातावरण बनाउन आफूले अमेरिका, भारत, चीन र युरोपका विभिन्न मुलुकसँग पनि लगातार प्रयास गरिरहेको दावी गर्नु भयो ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले द्धन्द्धकालको आफू स्वयम् पीडित भएको उल्लेख गर्दै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन आफूले प्रधानमन्त्रीको रुपमा, राजनीतिक नेतृत्वको रुपमा निरन्तर पहल गरिरहेको पनि बताउनु भयो ।

अध्यक्ष दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन अनुकूल वातावरण बनेको उल्लेख गर्दै त्यसलाई छिट्टै टुंगोमा पुर्‍याउनुपर्नेमा पनि जोड दिनु भयो । उहाँले संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन ढिलाई हुनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको उल्लेख गर्दै अव सत्ता र प्रतिपक्ष दुवै दल सो समस्यालाई समाधान गर्न प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

अव पनि संक्रमणकालीन न्याय टुंगोमा नपुर्‍याए संघीय लोकतान्त्रिक गणतन्त्र आफै गुम्ने खतरा रहेको अध्यक्ष दाहालको चेतवनी थियो । अध्यक्ष दाहालले तत्कालीन विद्रोही माओवादीको नेतृत्वको हैसियतले शान्ति प्रक्रियाका बाँकि काम टुंगोमा पुर्‍याउनु नसक्नुको दोष आफू लिन तयार रहेको पनि पटकपटक दोहोर्‍याउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);