मन्त्री र सचिवको कामप्रति असन्तुष्ट प्रधानमन्त्रीले भने, तपाईंहरू किन चल्ते चलाते जस्तो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मन्त्री र सचिवको कामप्रति असन्तुष्ट प्रधानमन्त्रीले भने, तपाईंहरू किन चल्ते चलाते जस्तो ?

kp oli

काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओली अधिकांश मन्त्री र सचिवको कामप्रति असन्तुष्ट देखिएका छन् । उनले अधिकांशको काम ‘चल्ते चलाते’ जस्तो देखिएको भन्दै ‘हाई स्पिड’का साथ काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार सबै मन्त्रालयका मन्त्री र सचिवसँग गरेको समीक्षा बैठक र अनलाइन मोनिटरिङ व्रिफ्रिङ कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले लिएको लक्ष्य र उद्देश्यअनुरूप मन्त्री, सचिव र कर्मचारीले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘तपाईंहरू सबै कस्सिएर काम गर्नुको विकल्प छैन, चल्ते चलाते किसिमले काम गरेर मुलुकको विकास र समृद्धि हासिल गर्न सकिँदैन,’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई कडा निर्देशन दिँदै भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);