राष्ट्रसंघको महासभालाई प्रधानमन्त्रीको सम्बोधन : संक्रमणकालीन न्याय प्रक्रियालाई प्रतिवद्धता अनुरुप टुंगोमा पुर्‍याउन दृढ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राष्ट्रसंघको महासभालाई प्रधानमन्त्रीको सम्बोधन : संक्रमणकालीन न्याय प्रक्रियालाई प्रतिवद्धता अनुरुप टुंगोमा पुर्‍याउन दृढ

काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई नेपालको प्रतिवद्धता अनुरुप टुंगोमा पुर्‍याउन दृढ रहेको बताउनु भएको छ ।
संयुक्त राष्ट्रसंघको ७५औं महासभालाई भर्जुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितका समस्या सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

संक्रमणकालीन न्यायका दुई निकाय सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता खोजविन आयोग स्थापना भएको ५ बर्ष हुँदा पनि खासै प्रगति नगरेको र द्वन्द्व पीडितले पछिल्लो पटक पदाधिकारी नियुक्ति प्रतिमा असन्तुष्टि जनाइहेका बेला प्रधानमन्त्रीको यो धारणा आएको हो ।

प्रधानमन्त्री ओलीले ‘मानव अधिकारको गम्भीर उल्लघंनमा नेपालले दण्डहीनता सहन नगर्ने भन्दै जारी संक्रमणकालीन न्यायको प्रक्रियालाई प्रतिवद्धता अनुरूप टुंगोमा पु¥याउन र पीडितका समस्या सम्बोधन गर्न दृढ रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री केपी ओलीले अहिले मानव अधिकार काउन्सिलको सदस्यको हैसियतले नेपालले वस्तुगत र निष्पक्ष भएर समग्र मानव अधिकारको प्रवर्द्धनमा योगदान पु¥याइरहेको बताउनु भयो । नेपालले सन् २०२१ देखि २०३३ सम्मको कार्यकालका लागि पुनः उम्मेदवारी दिएको जानकारी दिँदै प्रधानमन्त्रीले सबै मुलुकलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले महामारी विरूद्ध विश्वव्यापी प्रतिकार्यको नेतृत्व गरिरहेका संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संगठन र विश्वको प्रयासप्रति समर्थन जनाउनुभयो । उहाँले कोरोना विरूद्धको बृहद प्रतिकार्य कार्यक्रमको शुरूवात गर्नुभएकोमा राष्ट्रसंघका महासचिवको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री ओलीको सम्वोधन रेकर्ड गरेर राष्ट्रसंघ पु¥याइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);