भारत भ्रमण सम्बन्धी रघुजीको प्रश्नमा प्रधानमन्त्रीको दिए यस्तो जवाफ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भारत भ्रमण सम्बन्धी रघुजीको प्रश्नमा प्रधानमन्त्रीको दिए यस्तो जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निकट समयमा हुने आफ्नो भारत भ्रमणमा नेपालको राष्ट्रिय हीत, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशको राष्ट्रिय हीत, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता हुन नदिने बताउनुभएको हो । उहाँले आफूहरु नेपालको एक इन्च जमिनपनि छोड्न नसक्ने स्पष्ट पार्दै सोही मान्यताभित्र रहेर भारतसँग कुराकानी हुने बताउनु भयो । उहाँले ईपिजी प्रतिवेदन बुझ्ने, नबुझ्ने सम्बन्धमा भने भ्रमण अघि केही भन्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘इपीजी रिपोर्टदेखि लिएर सिमा समस्यासँग सम्बन्धित विषयहरु, हाम्रो जमिनसँग सम्बन्धित विषयहरुमा पनि हामीले के कुरा प्रष्ट गरेका छौँ भने हामी हाम्रो एक इन्च जमिनपनि हामी छोड्न सक्दैनौँ । हामीलाई छिमेकीको एक इन्च जमिनपनि चाहिँदैन । यो निति अन्तर्गत हामी नेपालको सबै राजनीतिक दलहरु र सम्मानित सदन सबै नै हामी एक मत नै छौँ । त्यही मान्यता भित्र रहेर नै भारत सरकारसँग कुराकानी हुन्छ । जहाँसम्म रिपोर्टलाई बुझ्ने वा नबुझ्ने कुरा या देशभित्र आएपछि के हुन्छ भन्नेकुरा भारत भ्रमणमा गएर कुरा गरिसकेपछिको परिस्थितिमा मात्रै भन्न सकिन्छ । तर म के विश्वास दिलाउन चाहान्छु भने नेपालको राष्ट्रिय हित, नेपालको राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता या कुनै किसिमको भ्रम पर्न दिइनेछैन । यति विश्वास म दिलाउन सक्छु ।’
त्यस्तै प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडूको प्रश्नको जवाफ दिँदै उहाँले सीमा सम्बन्धी सबै समस्याहरु कुटनीतिक माध्यमबाट समाधान गरिने बताउनु भयो । उहाँले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षहरुलाई पुनरावलोकन गरी समसामयिक बनाउन कुटनीतिक पहलहरु जारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सीमा सम्बन्धी सबै समस्याहरु पनि कुटनीतिक माध्यमबाट समाधान गरिने र छिमेकी मित्रराष्ट्रहरुसँग सौहार्द र घनिष्ठ सम्बन्ध कायम गर्ने नीति सरकारले लिएको छ । नेपाल–भारत सम्बन्धका विविध पक्षहरुलाई पुनरावलोकन गरी समसामयिक बनाउने कार्यमा कुटनीतिक पहलहरु जारी रहेको जानकारी पनि सदनलाई गराउन चाहन्छु ।’

उहाँले नेपाल आफ्नो एक इन्च भूमि पनि अन्य राष्ट्रलाई नदिने र अरु राष्ट्रको भूमि नलिने सिद्दान्तमा अडिग रहेको स्पष्ट पार्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);