कार्तिक ४ गतेबाट स्वत संसद् भङ्ग हुने, आज निर्वाचन विधेयक पारित गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौं, २० असोज । आज दशैँ पछि पहिलो पटक संसद बैठक बस्ने भएको छ। आज बस्ने संसदको बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचन तथा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी विधेयक पारित गर्न कोसिस गर्ने सभामुख ‌ओनसरी घर्तीले बताएकी छन्।

हालको संसदको कार्यकाल सकिनै लाग्दा महत्वपूर्ण मानिएका कतिपय विधेयकहरु पारित हुन सकेका छैनन्। दशैं बिदापछि शुक्रबार पहिलोपटक बस्न लागेको संसद बैठकमा निर्वाचन सम्बन्धी विधेयकहरु प्राथमिकतामा परेको सभामुख घर्तीले बताइन्।

उनले भनिन्, “प्राथमिकतामा निर्वाचन सम्बन्धी विधेयक स्वत छन्। सरकारको प्राथमिकतामा रहेका अरु १०-१२ वटा विधेयकहरु छन् त्यो पनि पारित हुन्छ। कति सक्छौं गर्छौं, अब लगातार संसद बस्छ।” यसअघि संसदमा गणपुरक संख्या ‘कोरम’ पुगेको थिएन।

हाल धेरै सांसद चुनावको तयारी गर्न आ-आफ्नो निर्वाचन क्षेत्र पुगेका छन्। यसकारण शुक्रबार बस्ने संसदमा पनि कोरम नपुग्न सक्ने ठानिएको छ। तर सरकारका प्राथमिकतामा परेका विधेयक पारित गर्न कोरम पुग्ने आशा सभामुख घर्तीले व्यक्त गरिन्।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिन कार्तिक ५ गते तोकेकाले त्यसको एक दिन अघिनै हालको संसद स्वत: भङ्ग हुनेछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);