एक्लै चुनाव भिड्ने तयारीमा वैद्य माओवादी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौं, २० असोज । नेकपा (क्रान्तिकारी-माओवादी) ले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक्लै भाग लिने भएको छ। निर्वाचन उपयोग गर्ने नीतिअनुरूप भाग लिन थालेको नेता सिपी गजुुरेलले बताए।

गजुरेलको संयोजकत्वमा गठित जनगणतान्त्रिक मोर्चाले कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपासँग तालमेल नगर्ने यसअघि नै निर्णय गरिसकेको छ। तर, क्रान्तिकारी शक्तिसँग भने तालमेल हुन सक्ने माओवादीले जनाएको छ। कुन-कुन जिल्लामा उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको नेता गजुरेलले बताए।

मोर्चाले चुनाव चिह्न मुठ्ठी पाएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने भएको छ। नेकपाले संसदीय व्यवस्थाको विरोध गर्दै स्थानीय तह निर्वाचन पनि बहिस्कार गरेको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);