निर्वाचनका कार्यक्रम फिर्ता नलिए सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निर्वाचनका कार्यक्रम फिर्ता नलिए सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी

२५ फाल्गुन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सात दिन भित्र स्थानीय तहको निर्वाचनका सम्पुर्ण कार्यक्रम फिर्ता नलिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई पाँच बुँदे ज्ञापन पत्र बुझाउँदै मोर्चाले निर्वाचनका सम्पुर्ण कार्यक्रम फिर्ता लिन माग गरेको हो । मोर्चाका नेता लक्ष्मणलाल कर्णले तत्काल निर्वाचनको सम्पुर्ण कार्यक्रम फिर्ता नलिइए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभयो ।

मोर्चाले स्थानीय तहको निर्वाचनका सम्पुर्ण कार्यक्रम रद्द गरि संविधान संशोधन प्रस्ताव पारित गराउनुपर्नेमा जोड दिएको छ । यस्तै सबैभन्दा पहिला केन्द्र र प्रादेशीक चुनाव गराउनुपर्ने र प्रदेश सभाले स्थानीय तहको चुनाव गराउनुपर्ने मोर्चाको घारणा रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाण्ी खनालले मधेसी मोर्चाले ज्ञापनपत्र बुझाएको बताउँदै मोर्चासँग निरन्तर छलफल गरी निर्वाचनको वातावरण बनाइने बताउनुभयो । मोर्चाले आफुहरुको असन्तुष्टिकाविच निर्वाचन सम्बन्धी काम भए सम्पुर्ण प्रक्रिया बहिस्कार गर्ने बताउँदै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);