सरकारले एक वर्षमै किन्यो ३ अर्बका गाडी, अधिकांश बागमती अञ्चलमा दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारले एक वर्षमै किन्यो ३ अर्बका गाडी, अधिकांश बागमती अञ्चलमा दर्ता

काठमाडौं, २ असोज । सरकारले पछिल्लो एक वर्षमा मात्रै ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका चारपांग्रे सवारीसाधन खरिद गरेको छ। निजी सवारीसाधनमा अधिक कर्जा प्रवाह भइ तरलता अभाव भएको भन्दै सवारी कर्जामा कडाइ गरेको सरकार आफैंले भने अर्बौंको सवारी खरिद गरेको हो।

बागमती अञ्चलमा मारुती सुजुकीको अल्टोदेखि मार्सिडिज बेञ्चसम्म सरकारी सवारी खरिद गरिएको देखिन्छ। सरकारले आ.व. २०७३–७४ मा बागमती अञ्चलमा मात्र ८ सय ७९ वटा चारपांग्रे सवारीसाधन खरिद गरेको तथ्यांक छ। यी सवारीसाधनको औषत मूल्य ३५ लाख राख्ने हो भने सरकारले यो अञ्चलका लागि करिब ३ अर्ब रुपैयाँभन्दा बढीको सवारी खरिद गरेको देखिन्छ।

सबैभन्दा धेरै सरकारी सवारी बागमती अञ्चलमा दर्ता हुनेगरी खरिद हुने गरेको छ । सरकारी प्रयोजनका लागि कस्तो र कति मूल्यसम्मको सवारीसाधन खरिद गर्ने भन्ने निश्चित मापदण्ड नहुँदा सरकारले १६ लाख मूल्यपर्ने मारुती अल्ट्रोदेखि सवा २ करोड रुपैयाँसम्मका मर्सिडिज बेञ्च खरिद गर्दै आएको छ। आजको कारोबार दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);