गतल काम गर्ने जो कोहीलाई पनि छोडिन्न : आइजीपी खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

गतल काम गर्ने जो कोहीलाई पनि छोडिन्न : आइजीपी खनाल

igp khanal new police office

नुवाकोट, १६ मंसिर । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले गतल काम गर्ने जो कोहीलाई पनि नछोड्ने बताएका छन् । जिल्ला प्रहरी कार्यलय तथा जिल्ला ट्राफिक प्रहरी कार्यलयको भवन उद्घाटन गर्न नुवाकोेट पुगेका महानिरिक्षक खनालले अपराध लुक्न नसक्ने बताए ।

प्रहरी महानिरिक्षक खनालले प्रहरीको संगठनमा बसेर अहम र संवेदनशील जीम्मेवारी निर्वाह गर्ने प्रहरी कर्मचारीले आपराधिक मानसिकता बोकेकाहरुसँग संगत गर्न नहुने बताए । निर्मला हत्याको विषयलाई इंगित गर्दै खनालले एकाध घटनाबाहेक नेपाल प्रहरीले यौनजन्य हिंसाका अपराधीलाई कारवाहीको दायराामा ल्याएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले प्रहरीको कारण नुवाकोटको दुर्गम भेगमा समेत शाान्ति सुरक्षा कायम भएको बताए । तामाङले गत मंसिरमा भएको निर्वाचनमा जिल्लामा चुनावै नहुने अवस्थामा प्रहरीले गरेकोमा काम प्रशंसा गरे ।

एक करोड ३३ लाख ८ हजार ६ सय रुपैयाँको लागतमा नेपाल प्रहरीले नुवाकोटको विदुरमा भवन निर्माण गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);