निर्मलालाई न्याय माग्दै विप्लवको देशव्यापी प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

निर्मलालाई न्याय माग्दै विप्लवको देशव्यापी प्रदर्शन

nirmalapanta

काठमाडौं, १६ मंसिर । निर्मला हत्याप्रकरणमा सरकार गम्भीर नभएको भन्दै पिडित परिवारले आन्दोलन जारी राखेका छन् । निर्मला पन्तलाई न्याय देउ भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले पनि आइतबार राजधानी सहित विभिन्न जिल्लामा विरोध र्याली आयोजना गरेका छन् ।

निर्मला पन्तको घटनामा संलग्न अपराधीलाई सार्वजनिक गर्न माग गर्दै आइतबार राजधानी काठमाडौँ सहित देशका विभिन्न जिल्लामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी क्रान्तिकारीले सडकमा विरोध र्‍याली निकाल्यो ।

काठमाडौँ देखि कञ्चनपुर, डढेल्धुरा तनहुँ सहित अधिकांश जिल्लामा भएको विरोध र्‍यालीमा सरकारको निष्क्रियता प्रति आक्रोश पोखिए । कक्षा ९ मा अध्ययनरत १३ बर्षिय निर्मला पन्तको न्यायको माग गर्दै स्कुले विद्यार्थी समेत स्वस्फुर्त र्यालीमा सहभागी भएका थिए । उनीहरुले नालायक सरकार राजिनामा दे, भष्टाचारी सरकार राजिनामा दे, वलात्कारीलाई फाँसी दे भन्दै नारा लगाए ।

पढाई छाडेर विद्यालय पोषाकमै नेपाली झण्डा बोकेर विद्यार्थीहरु साथि निर्मलाको न्याय खोजीरहेका छन् । घटना घटेको आइतबार ४ महिना ६ दिन भयो । यस अवधीमा निर्मला हत्या प्रकरण अन्तराष्ट्रिय मुद्या बनिसक्यो । तर सरकारको गाम्भीर्यता घटना अनुसन्धान पटक्कै देखिएको छैन ।

भएका प्रमाणहरु नष्ट गरेपछि अनुसन्धान प्रक्रिया पक्कै थप जटिल हुन्छ तर जस्ले घटनाको प्रमाण नष्ट गरे ती प्रहरी अधिकृतहरुलाई बर्खास्ती गर्ने बाहेक घटनाको अनुसन्धानमा उनीहरुलाई उभ्याइएको देखिदैन । अपराधी पहिचान, सार्वजनिक र कडा कार्बाहीको माग राख्दै निर्मलाको परिवार ४ महिना देखि सडकमा अविरल आन्दोलनमा छन् ।

आन्दोलनले विभिन्न रुप लिइसक्यो तर यस बीचमा अनुसन्धान प्रक्रिया कहाँ पुग्यो के भइरहेको छ भनेर सरकारले एउटा बक्तव्य समेत जारी गरेको छैन । घटनाले आम देशवासीलाई विक्षिप्त बनाउँदा समेत गृहमन्त्री रामबहादुर थापा चुइक्क बोलेका छैनन् ।

यस घटनालाई लिएर सर्वसाधारण कत्ति आक्रोशित छ भन्ने प्रतिक्रिया केही दिन अघि प्रधानमन्त्री ओलीको तस्वीर पोलहरुमा टाँग्दा नै देखिएको छ । तर सरकारमा रहेका व्यक्तिहरुको ध्यान पटक्कै केन्द्रीत भएको छैन । लाचार सरकारको पराकाष्ठा नाघेपछि सडक देखि सामाजिक सञ्जालमा समेत चर्काे आक्रोश पोख्ने क्रम जारी छ ।

कहिले काहीँ अनुसन्धानको क्रममा समय लाग्न सक्छ, त्यो स्वभाविक हो । तर यस घटनाले जसरी समय लिइरहेको छ, र घटनाको सुरुमा प्रमाण नष्ट गरेर अपराधलाई लुकाउन खोजीयो, त्यसरी हेर्दा अपराधीलाई सरकारले पुर्ण संरक्षण गरिरहेको आभाष आम मानिसले गरिरहेका छन् । यदी पहुँच र शक्तिको आडमा अपराधीलाई जोगाउने बाटोमा सरकार लागेको हो भने त्यसले अर्काे दुर्घटना नगराउला भन्न सकिन्न ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);