निर्मलाका हत्यारालाई पक्राउ गर्न दबाब दिँदै काठमाडौंमा सडक नाटक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निर्मलाका हत्यारालाई पक्राउ गर्न दबाब दिँदै काठमाडौंमा सडक नाटक

काठमाडौं, २२ मंसिर । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्याको घटनामा संलग्न दोशिलाई पक्राउ गर्न दबाब दिदै युवाहरुले राजधानीमा सडक नाटक गरेका छन् ।

निर्मलालाई न्याय अभियानमा शनिबार राजधानीको माईतिघरमण्डलामा स्वतः स्फुर्त रुपमा निस्केका युवाहरुले निर्मलाको फोटो सहित सरकार भेटियो न्याय भेटिएन लेखिएको पोस्टर बोकेका थिए । ४ महिना भईसक्दा पनि घटनामा संलग्न दोषि पत्ता लगाउन नसकेको भन्दै युवाहरुले दैनिक जसो दबाबमुलक विरोध प्रदर्शन गर्दै आएका छन् ।

शनिबार निकालिएको दबाब र्यालीमा उल्लेख्य संख्यामा युवाहरु सहभागी भएका थिए । उनीहरुले असक्षम गृहमन्त्री राजीनामा दे, गोर्खालीको देशमा न्यायको अनिकाल, प्रहरी  प्रमाण जुटाउनका लागि कि मेटाउन ?, म निर्मला मलाई न्याय चाहियो लगायत नारा लगाएका थिए ।

र्याली पछि युवाहरुले नयाँवानेश्वर पुगेर सडक नाटक गरेका हुन् । सडक नाटकमा निर्मलाको कसरी हत्या गरिएको थियो भन्ने देखाईएको थियो ।

मुलुकभर दिनहुँ कयौ निर्मलामाथि हिंसाका घटना भईरहेको र त्यस्ता घटनामा संलग्नलाई नियन्त्रणमा लिन सरकार असफल भएको सन्देश पनि सडक नाटकमा दिईएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);