बलात्कारका घटना विरुद्ध सिराहामा युवाको प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बलात्कारका घटना विरुद्ध सिराहामा युवाको प्रर्दशन


सिराहा, १ कार्तिक । बलात्कारका घटना विरुद्ध सिराहा सदरमुकाममा युवाहरुले विरोध प्रर्दशन गरेका छन् । दशैंको पहिलो दिन घटस्थापनाको अवसर पारी युवाहरुले देशमा दिनहुँजसो भइरहेको बलात्कारका घटना विरुद्ध प्रर्दशन गरेका हुन् ।

कालो टिसर्ट, टाउकोमा कालोपट्टी बाँधेर विभिन्न नारा सहितका प्लेकार्ड बोकका युवाहरुले सदरमुकाम सिरहाको मालपोत कार्यालय अगाडीको मुख्य सडकमा प्रर्दशन गरेका थिए ।

बलात्कार विरुद्धको आवाज देशभरीबाट उठ्नुपर्ने उनीहरुको माग छ । बलात्कारका घटनामा दोषीलाई सजायको साटो पन्चायत गरी मिलाउने घटनालाई रोक्न र कानुनी कारबाही गर्न दबाब दिन खोजिएको आरोप समेत प्रदर्शनकारीहरुले लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);