बलात्कारविरुद्ध काठमाडौंमा सिट्ठी र्‍याली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बलात्कारविरुद्ध काठमाडौंमा सिट्ठी र्‍याली

काठमाडौं, २१ चैत । बुधबार काठमाडौंमा बलात्कारविरुद्ध सिट्ठी र्‍याली निकालिएको छ । बलात्कार तथा यौन हिंसाका घटना नियन्त्रण गर्न बलात्कारविरुद्ध सिट्ठी जुलुस निकालिएको हो ।

माईतीघर मण्डलाबाट सिट्ठी फुकेर सुरु गरिएको र्‍याली बबरमहल, विजुली बजार हुँदै नयाँ बानेश्वरमा पुगेर समापन गरिएको थियो । र्‍यालीमा बलात्कारका घटना हुन नदिन सबै क्षेत्रले साझा अभियान संचालन गर्नुपर्ने आह्वान सहितको प्ले कार्ड पनि प्रर्दशन गरिएको थियो।

माइती नेपालको आह्वानमा आयोजना गरिएको र्‍यालीमा विद्यालय र कलेज तहका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । माईती नेपालको पछिल्लो तथ्यांक अनुसार नेपालमा चालू आर्थिक वर्षको चैत्र महिनासम्म ८९ वटा महिला तथा बालिका बलात्कृत भएका घटना प्रहरीमा दर्ता भएका छन ।

मुलुकमा बलात्कारका घटना बढदै गएपछि त्यसलाई नियन्त्रण गर्न आफूहरुले सिट्ठी ¥यालीसहितको प्रर्दशन गर्नु परेको माईती नेपालले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);