प्रधानमन्त्रीको भारत भ्रमणले एमाले भारत विरोधी होईन भन्ने प्रमाणित गर्छ : मन्त्री महासेठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रधानमन्त्रीको भारत भ्रमणले एमाले भारत विरोधी होईन भन्ने प्रमाणित गर्छ : मन्त्री महासेठ

raghubir

काठमाडौं, २१ चैत । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले एमाले भारत विरोधी होईन भन्ने प्रमाणित गर्ने बताएका छन् ।

रिपोर्टस क्लबले बुधबार गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले एमाले भारत विरोधी हो भनी लाग्दै आएको आरोप प्रधानमन्त्रीको भारत भ्रमणले मेटाउने बताए । एमाले कहिले पनि भारत विरोधी थिएन र होइन भन्ने कुरा यस भ्रमणले प्रमाणित गर्ने उनले बताए ।

उनले भ्रमणका क्रममा देश र जनतालाई अहित हुने कुनै सन्धि सम्झौता नहुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले आगामी शुक्रबार देखि भारतको ३ दिने राजकिय भ्रमणमा जाँदै छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);