भारत भ्रमण नेपाली जनताको हितमा केन्द्रित : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारत भ्रमण नेपाली जनताको हितमा केन्द्रित : प्रम ओली

kp oli modi

काठमाडौं, २१ चैत । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण नेपाली जनताको हितमा केन्द्रित हुने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार पार्टी स्थायी समिति बैठकमा आफ्नो भारत भ्रमणबारे औपचारिक जानकारी गराउँदै सो भ्रमण नेपाली जनताको हितमा केन्द्रित हुने बताएका हुन् ।

पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणले मुलुकको आर्थिक समृद्धिको दिशामा महत्वपूर्ण योगदान दिने धारणा राखेको एमालेका सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आगामी शुक्रबार भारतको ३ दिने राजकीय भ्रमण गर्दै छन् । भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई अझै उचाईमा पु¥याउने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरेको सचिव भट्टराईले बताए ।

बैठकले माओवादी केन्द्रसँगको पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल गर्न आगामी बैशाख ६ गते पार्टी पोलिटव्यूरो बैठक र ७ गते केन्द्रिय समिति बैठक बोलाउने निर्णय पनि गरेको छ ।

पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा ठोस धारणा तय गर्न पार्टी पोलिटव्यूरो र केन्द्रिय समितिको बैठक बोलाउने निर्णय पनि गरिएको सचिव भट्टराईले जानकारी दिए।

एमाले र माओवादी केन्द्रबीच आगामी बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर एकताको औपचारिक घोषणा गर्ने तयारी छ । यसैबीच, नेकपा एमालेले दिवंगत पार्टीका नेता एवम् पूर्व सांसद जागृत प्रसाद भेटवालप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको छ ।

बुधबार पार्टी केन्द्रिय कार्यालय धुम्वाराहीमा नेता भेटवालको पार्थिक शरिरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।

यस अघि बसेको एमाले स्थायी समिति बैठकले दिवंगत नेता भेटवालको निधनप्रति गहिरो शोक व्यक्त गरेको थियो । नेता भेटवालको बुधबार विहान ११ बजेर ५५ मिनेट जाँदा वीर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । एमाले स्थायी समितिले पारित गरेको शोक वक्तव्यमा नेता भेटवालको आर्दश अनुशरण गरेर अघि बढने उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);