प्रधानमन्त्री ओलीको भारत भ्रमण परिणाममुखी हुने कोइरालाको विश्वास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्री ओलीको भारत भ्रमण परिणाममुखी हुने कोइरालाको विश्वास

काठमाडौं, २० चैत । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण परिणाममुखी हुने विश्वास व्यक्त गरेका छन् ।

संघीय संसदको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणको बारेमा जानकारी गराएपछि शशांकको यस्तो प्रतिक्रिया आएको हो । महामन्त्री कोइरालाले प्रधानमन्त्रीले उठाएका मुद्दा सान्दर्भिक भएको बताए । उनले भ्रमणले दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे ।

त्यस्तै राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीले संसदमा भनेका विषयलाई भ्रमणको क्रममा उठाउन सक्ने हो भने भ्रमण उपलब्धिमुलक हुने बताए । भ्रमणको क्रममा पुराना सम्झौताको कार्यान्वयनलाई जोड दिने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);