सहकारी संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ : मन्त्री खनाल | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

सहकारी संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ : मन्त्री खनाल

chakrapani-khanal

काठमाडौं, २० चैत । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सहकारी संस्थाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री खनालले सहकारी क्षेत्रमा देखिएका कमीकमजोरी हटाएर यसलाई आर्थिक विकासको सूचकको रुपमा अघि बढाउन ढिलाई गर्न नहुनेमा पनि जोड दिए ।

मंगलबार काठमाडौंमा सहकारी दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उनले दोस्रो विश्वयुद्धपछि सहकारी अभियानले मूर्त रुप लिएको उल्लेख गर्दै सहकारीको माध्यमबाट मुलुकको अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढाउने योजना पनि अघि सारे । मन्त्री खनालले सहकारी आन्दोलनले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन योगदान दिईरहेको पनि स्मरण गरे ।

ताजा समाचार