बैशाख ९ गते एमालेसँग पार्टी एकताकाे औपचारिक घोषणा : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बैशाख ९ गते एमालेसँग पार्टी एकताकाे औपचारिक घोषणा : प्रचण्ड

चितवन, २० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापनाका दिन एमालेसँग पार्टी एकताकाे औपचारिक रुपमा घोषणा हुने बताएका छन् ।

मंगलबार चितवनमा आयोजित एक कार्यक्रमपछि स्थानीय संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकताका लागि कुनै समस्या नरहेको पनि स्पष्ट पारे । बराबरीको सिद्धान्तमा आधारित रहेर २ पार्टीबीच एकता हुने उनले बताए ।

अध्यक्ष प्रचण्डले पार्टी एकताको विषयमा अव केन्द्रित भएर छलफल हुने जानकारी दिए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको भारत भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);