एमालेसँग पार्टी एकता गर्ने निर्णय जनयुद्ध सुरु गर्नुभन्दा पनि ठूलो उपलब्धि : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एमालेसँग पार्टी एकता गर्ने निर्णय जनयुद्ध सुरु गर्नुभन्दा पनि ठूलो उपलब्धि : प्रचण्ड

काठमाडौं, ११ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गर्ने निर्णय जनयुद्ध सुरु गर्नुभन्दा पनि ठूलो उपलब्धि भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले दुई पार्टीबीचको एकताबाट आम जनतामा खुसीयाली छाउनु ठूलो उपलब्धि भएको बताए । उनले बामपन्थी एकताबाट दक्षिणपन्थी शक्तिहरु आतंकित भएको भन्दै सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

वामपन्थी गठबन्धनको नेतृत्वमा दुई तिहाई बहुमतसहितको सरकार बन्ने उनले दावी गरेका छन् ।अध्यक्ष प्रचण्डले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल पनि सरकारमा आउने र नयाँ सरकार २ तिहाई बहुमतसहितको हुने स्पष्ट पारेका छन् ।

अध्यक्ष प्रचण्डले पहिलो पटक नेपालमा बामपन्थीको नेतृत्वमा दुई तिहाई बहुमत सहितको सरकार बन्न लागेको उल्लेख गर्दै त्यसको रक्षा गर्न बुद्धि लगानुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);