संविधानका केही प्रावधान परिमार्जन गर्ने संकल्प गरौँः प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

संविधानका केही प्रावधान परिमार्जन गर्ने संकल्प गरौँः प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई परिमार्जन गरेर जानुपर्ने बताएका छन् । परिमार्जनको संकल्प जनयुद्ध दिवसकै अवसरमा गर्नुपर्ने पनि बताए ।

२७ औँ जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित कार्यक्रममा प्रचडले लोकतान्त्रिक अधिकारको रक्षा र संविधानकै रक्षाको निम्ति परिमार्जन आवश्यक रहेको धारणा राखे । उनले जनयुद्धको दिनलाई नयाँ संकल्प गर्न ऐतिहासिक दिन पनि भनेका छन् । 

‘आज जनयुद्ध दिवस मनाउनुनको तात्पर्य एकचोटी फेरि नयाँ संकल्प लिनुपर्ने, राष्ट्रियता स्वाधिनताको निम्ति र प्राप्त लोकतान्त्रिक अधिकारको रक्षाको निम्ति र संविधान अनि त्यहाँ राखिएका जनपक्षीय प्रावधानलाई अझ परिमाजर्न गरे जानुपर्छ ,’ अध्यक्ष प्रचण्डले भने, ‘ आजको दिनले हामी सबैलाई देशभरी रहेको क्रान्तिकारीहरूलाई एउटा नयाँ ऊर्जा प्राप्त गर्ने, नयाँ संकल्प गर्ने र नयाँ कमिटमेन्टको निम्ति आजको दिन ऐतिहासिक बनेको छ ।’

अध्यक्ष प्रचण्डले जनयुद्धको जगमा भएको जनआन्दोलनको समायोजनले नै नेपालका राजनीतिक दलहरूबीच नयाँ संकल्प, एकता, संविधानसभा र संघीय गणतन्त्रका निम्ति संघर्ष गर्ने आधारशीला खडा गरेको दाबी गरेका छन् । 

संघर्षले नै जनतालाई अधिकारसम्पन्न बनाउँदैै लगेको तर एक प्रवृत्तिका मान्छेलाई भने त्यो कुरा सुरुदेखि नै मन नपरेको बताए । त्यही कारण माओवादी कमजोर पार्ने र जनयुद्धको जगमा प्राप्त राजनीतिक उपलब्धि सिध्याउने प्रयास भइरहेको उनी बताउँछन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);