माओवादीलाई सखाप पार्न खोजेका छन्, नयाँ जनयुद्धको खोजीमा छु : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

माओवादीलाई सखाप पार्न खोजेका छन्, नयाँ जनयुद्धको खोजीमा छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नयाँ जनयुद्धको खोजीमा रहेको बताएका छन् । पछिल्लो समय प्रतिक्रियावादीले माओवादी आन्दोलन र उपलब्धीलाई घेरा हाल्ने, सखाप पार्न खोजिएको भन्दै त्यसको प्रतिरोध गर्न नयाँ जनयुद्धको खोजीमा रहेको उनको भनाइ छ ।

शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा सपनाको पाण्डुलिपि गीतिसंग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘पोहोर सालदेखि माओवादीलाई घेरा हाल्ने र परिवर्तनलाई तोड्न खोजेका छन् । फेरि नयाँ जनयुद्ध गर्नुपर्छ । म हाम्फालेको छु । हतियार र हिंसाबाहेकको नयाँ जनयुद्धको खोजीमा छु ।’

प्रतिक्रियावादीले यसरी घेरा हाल्ने र सखाप पार्न खोज्ने हो भने लाखौं जनता सडकमा ल्याएर लड्नुपर्ने उनको भनाइ छ । ‘सबैले आ-आफ्नो समीक्षा गरौं । समाजवादी आन्दोलनमा इमान्दार भएर लाग्ने हो भने यो देशको मुख्य शक्ति, निर्णायक बनेर हिँड्न सक्छौं । त्यसका लागि हामी सुध्रिन पर्छ,’ उनले भने ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);