एमसीसीविरुद्ध एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

एमसीसीविरुद्ध एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार देशभर एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सत्ताको नेतृत्व गरिरहेको नेपाल कांग्रेसले सभामुख अग्नी प्रसाद सापकोटालाई संसदमा एमसीसी टेवल गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादीले आज देशभर विरोध प्रदर्शन गर्न लागेको हो । 

एकीकृत समाजवादी निकट जनवर्गीय संघठनहरूले आइतबार एमसिसी सम्झौता विरुद्ध माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्दैछन् । एकीकृत समाजवादीको ललितपुर जिल्लाका जनवर्गीय संगठनहरूले आइतबार एमसिसी सम्झौता विरुद्ध दिउसो एक बजे विरोध प्रदर्शन गर्दैछन् । विरोध कार्यक्रम लगनखेल चोकमा गरिने जनाइएको छ ।

एकीकृत समाजवादीको भक्तपुर जिल्लाका जनवर्गीय संगठनहरूले पनि आइतबार नै एमसिसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । सूर्यविनायक चोकमा विरोध कार्यक्रम गरिन एकीकृत समाजवादीले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);