७ औँ संविधान दिवस : राष्ट्रपति, प्रधानमन्त्री द्धारा शुभकामना व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

७ औँ संविधान दिवस : राष्ट्रपति, प्रधानमन्त्री द्धारा शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आग्रह गरेकी छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले लामो संक्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दललाई संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट राजनीतिक उद्देश्य हासिल गर्न राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आह्वान गरेकी हुन् ।

भण्डारीले राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने पनि बताएकी छन् । तत्कालीन जननिर्वाचित संविधान सभाबाट ३ असोज २०७२ मा संविधान जारी भएको थियो ।

सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस गराउन प्रयत्नशिन : प्रधानमन्त्री देउवा
दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएकाछन् । ७ औं संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको बताए ।

३ असोज इतिहासकै स्वर्णिम दिन : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले ३ असोज इतिहासकै स्वर्णिम दिन भएको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध, २०६२÷६३ को जनआन्दोलनलगायत विभिन्न आन्दोलनमा शहादत प्राप्त गर्ने वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुख, शान्ति, समृद्धि एवम् समुन्नति तथा समृद्धिको शुभकामना दिएका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङक्षा पूरा गर्नेतर्फ अग्रसर होऔं : एमाले अध्यक्ष वली
त्यस्तै संविधान दिवसकै अवसरमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङक्षा पूरा गर्नेतर्फ अग्रसर रहन सबैमा आग्रह गरेका छन् । उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न अग्रसर रहन आग्रह गरेका छन् ।

त्यसतै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आआफ्नो तर्फबाट इमान्दार प्रयास गर्न सबैमा आह्वान गरेकाछन् । संविधान दिवसका अवसरमा सभामुख अग्नीप्रसाद सापकोटा लगायतका विशिष्ट ब्यक्तिहरुले शुभकामना ब्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);