पहिला पार्टी एकता अनि सरकार गठन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पहिला पार्टी एकता अनि सरकार गठन : प्रचण्ड

चितवन, २६ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन अघि नै एमालेसँग पार्टी एकता हुने दोहोर्याएका छन् ।

एमालेका नेताहरुले सरकार गठनपछि मात्र पार्टी एकता हुने बताइ रहँदा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन अगाबैे पार्टी एकता हुने दाबी गरेका हुन्।

आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले दुइ जनाको मात्रै कुरा मिलेर नभई दुबै पार्टीको तलदेखी माथीसम्मका संगठन मिलाउनु पर्ने भएकाले एकतामा ढिलाई भएको बताए । पार्टी एकता जसरी पनि हुने दाबी गर्दै अध्यक्ष प्रचण्डले फागुन पहिलो साता वाम गठबन्धनको सरकार बन्ने बताए ।

जसरी संयुक्त चुनावी घोषणा पत्र बनाउँदा, संयोजन समिति बनाउँदा कहि कतै विरोधका स्वर सुनिएनन् अब त्यसै गरी पार्टी एकता हुने उनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);