वैशाख ९ गते एमालेसँग पार्टी एकता हुँदैन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वैशाख ९ गते एमालेसँग पार्टी एकता हुँदैन : प्रचण्ड

चितवन, ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ गते एमालेसँग पार्टी एकता नहुने बताएका छन् । चितवनमा संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले केहि विषयमा कुरा नमिलेकाले पार्टी एकता ९ गते हुन नसक्ने बताएका हुन् ।

पद बाँडफाँडका विषयमा विवाद नरहेको भन्दै अध्यक्ष दाहालले केहि दिन ढिला भएपनि एकता हुने दाबी गरेका छन् । उनले चुनाव चिन्ह, जनयुद्ध, जनआन्दोलन र पार्टीका समितिहरुलाई व्यवस्थापन गर्ने विषयमा छलफल भइहेको बताए । वैशाख महिना भित्रै पार्टी एकता हुने दाबी गर्दै अध्यक्ष दाहालले सम्मानजनक रुपमा पार्टी एकता हुने मा आफू विश्वस्त रहेको उनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);