वैशाख २२ गते एमालेसँग पार्टी एकता घोषणा हुन्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

वैशाख २२ गते एमालेसँग पार्टी एकता घोषणा हुन्छ : प्रचण्ड

काठमाडौं, १८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म वैशाख २२ गते एमालेसँगको पार्टी एकता घोषणा गर्ने बताएका छन् ।

अध्यक्ष दाहालले माक्र्सको २०० औं सतवार्षिकीको अवसर पारेर वैशाख २२ गते सकेसम्म दुई पार्टीबीच एकता गर्ने तयारी भईरहेको बताए । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मंगलबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै उनले २ पार्टीबीचको एकताबाट पछि हट्ने कुरा कल्पना समेत गर्न नसकिने बताए ।

उनले विश्व कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर लैजाने दायित्व आफूहरुमाथि आईपरेको बताए । मुलुकलाई समृद्ध बनाउने दायित्व पूरा गर्न सबैलाई साथ दिन पनि अध्यक्ष दाहालको आग्रह छ ।

अध्यक्ष दाहालले पार्टी एकता करोडौं मजदुरहरुको पूँजी भएकाले त्यसबाट पछि हट्न सकिने अवस्था नरहेको स्पष्ट पारे । उनले कम्युनिष्टहरुको बलियो सरकार निर्माण भएका बेला विश्व मजदुर दिवस मनाउन पाउँदा गौरवको अनुभूति भईरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);