सी जिन पिङको नेपाल भ्रमण छिट्टै हुन्छ : भट्टराई | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८१, सोमबार

सी जिन पिङको नेपाल भ्रमण छिट्टै हुन्छ : भट्टराई

काठमाडौं, १८ वैशाख । सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण छिट्टै हुने बताएका छन् ।

सचिव भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सीले नेपालको भ्रमण गरी यहाँको विकासमा उत्साह जगाउनु गौरवको विषय भएको बताए ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि दुई मुलुक बीचको सम्बन्धमा न्यानोपन आएको बताए ।

सचिव भट्टराईले मुलुक सही दिशामा अघि बढेको दावी गरे । उनले मुलुकलाई समृद्ध बनाउन सरकारले अनुकूल वातावरण बनाउँदै लगेको उल्लेख गरे । सचिव भट्टराईले माओवादी केन्द्रसँगको पार्टी एकताको आधार तय भईरहेकाले छिट्र्टै पार्टी एकता हुने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);