जुलाइ महिना भित्रै यातायात पारहवन सम्बन्धी प्रोटोकल तयार हुने : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जुलाइ महिना भित्रै यातायात पारहवन सम्बन्धी प्रोटोकल तयार हुने : प्रधानमन्त्री ओली

pm kp oli

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जुलाइ महिना भित्रै यातायात पारहवन सम्बन्धी प्रोटोकल तयार हुने बताएका छन् ।

पाँच दिने भ्रमणबाट स्वदेश फर्किएका भएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा संचारकर्मीसग कुराकानी गर्दै भेटमा पारहवान सम्झौताको बिषयमा गम्भिर रुपमा छलफल भएको भन्दै नेपालमा यातायातको समस्या समाधान गर्न जुलाइ महिना भित्रै ट्रान्जिटको प्रोटोकल तयार हुने दावी गरे । उनले चीन भ्रमण उपलव्धीमूलक भएको दाबी गर्दै छिटै चिनियाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमण हुनेमा आफू विश्वस्त रहेको बताए । नेपाल र चीनको सम्बन्ध असाधारण र अभूतपूर्व भएको भन्दै चीनसँग महत्वपूर्ण समझदारी भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा भएका सम्झौताहरु कार्यान्वयनका लागि विशेष संयन्त्र समेत निर्माण हुने भएकाले कार्यान्वयनमा समस्या नआउने बताए । उनँको चीन भ्रमणका क्रममा रेल सञ्चालनसहितका १४ बुदे सम्झौता भएका छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा एक वर्ष भित्र तातोपानी नाका खुलाउने सहमति पनि गरिएको छ । एक वर्ष भित्र तातोपानी नाका खुलाउने, केरुङ नाका र तातोपानी नाकामा चीनको लगानीमा पूल निर्माण गर्ने लगायतका समझदारी गरिएको समेत गरिएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली बताए ।

त्यसैगरी चिनियाँ पक्षले नेपालको करिव ९ सय मेघावाट जलविद्युतमा लगानी गर्ने समझदारी पनि गरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीच विद्युत प्रशारण लाईन विस्तारसम्बन्धमा पनि समझदारी गरिएको बताए । गत असार ५ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);