सरकारद्वारा चीनसँगको व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सरकारद्वारा चीनसँगको व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार

oli pm

काठमाडौं, १४ असार । सरकारले व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गरी चीन सरकारसमक्ष पठाएको छ ।

एक महिनाभित्र सम्झौता गर्ने तयारीस्वरुप सरकारले व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गरी चीन सरकारसमक्ष पठाएको हो । चीनसँग सन् २०१६ मा व्यापार र पारवहन सम्झौता भएको थियो । तर सम्झौताको प्रोटोकलमा भने सम्झौता हुन बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै चीनको ६ दिने भ्रमणबाट फर्केलगत्तै जुलाइ महिनाभित्र व्यापार र पारवहन सम्झौताको प्रोटोकल टुंगिने बताएका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारले तयार पारेको प्रोटोकलको मस्यौदामाथि जुलाइको दोस्रो साता दुई पक्षीय वार्ता हुने जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);