नेपाली कार्गो रेल कोलकता र हल्दियासम्म | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नेपाली कार्गो रेल कोलकता र हल्दियासम्म

rail

काठमाडौं, २८ जेठ । अब नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाली रेल कोलकाता÷हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारत सरकारले सैद्धान्तिक सहमति दिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

नेपाली टोली र भारतीय रेल मन्त्रालयका अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन बैठकबारे सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अब नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने भएको छ ।” उक्त बैठक जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा बसेको थियो ।

नेपाल–भारत रेलसेवा सम्झौताको म्याद सम्झौताको धारा १।४ अनुसार स्वतः पाँच वर्षका लागि नवीकरण भएको जानकारी समेत सचिव अधिकारीले जानकारी दिनुभयो ।

बैठकमाबारे जानकारी दिँदै सचिव अधिकारीले तेस्रो मुलुकबाट पारवहन ढुवानीका लागि भारतका धाम्रा र मुन्द्रा पोर्ट नेपाल–भारत पारवहन सन्धिमा थप भएको बताउनुभयो । नेपाल–भारत पारवहन सन्धिमा थप भएसँगै रेलसेवा सम्झौतामा समेत ती पोर्टहरु थप गर्ने सहमति भएको जानकारी उहाँले दिनुभयो । त्यसैगरी, रक्सौलको सुख्खा बन्दरगहासम्म विद्युतीय रेलवे लाइन विस्तार गर्नका लागि समेत भारत सहमत भएको हो ।

उहाँका अनुसार, पारवहन सन्धिमा सहमति भएसँगै विराटनगर र भैरहवा नाकाबाट समेत रेलमार्फत बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने र विराटनगर–जोगबनी, सुनौली–नौतनवा र कुर्था÷इनर्वा–जयनगर रुटमा रेल सेवा सञ्चालनमा आएपछि उक्त रुटहरुमा कार्गो ढुवानी गर्न पाउने गरी नेपाल–भारत रेल सेवा सम्झौतामा थप गरिने सहमति भएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);