नेपाल-भारतबीच रेल सञ्चालमा सैद्धान्तिक सहमति | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०७९, बुधवार

नेपाल-भारतबीच रेल सञ्चालमा सैद्धान्तिक सहमति

train janakpur

काठमाडौं, २७ जेठ । नेपाल–भारतबीच नेपालको रेल वीरगंज र विराटनगरबाट भारतको कोलकत्ता/हल्दियासम्म संचालन गर्ने सैद्धान्तिक सहमति भएको छ । दुई मुलुकबीचको रेल सेवा सम्झौता अन्तरगतको हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतले नेपालको वीरगंज र विराटनगरसम्म रेल संचालनका लागि सहमति जनाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सो सहमतिले छिट्टै लिखित रुप लिने पनि स्पष्ट पारेको छ ।

दुई मुलुकबीच पारवहन सन्धि अनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेलबाट बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने सहमति पनि गरिएको छ । विराटनगर–जोगबनी, सुनौली–नौतनवा र कुर्था–इनरुवा–जयनगर रुटमा रेल सेवा संचालनमा आएपछि सो रुटमा कार्गाे ढुवानी गर्न पनि दुई मुलुकबीच सहमति जुटेको छ ।

सो बैठकले नेपाली बैकिंङ च्यानलमार्फत् ढुवानी, दस्तुरलगायतका महशुल नेपाली व्यापारीहरुले गर्न पाउने सहमति पनि गरेको छ । बैठकमा दुई मुलुकबीचको रेल सेवा सम्झौताको अर्को बैठक ६ महिना भित्र नेपालमा बस्ने सहमति पनि भएको छ ।