बेनी–जोमसोम–कोरला सडक निर्माण तीव्र गतिमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बेनी–जोमसोम–कोरला सडक निर्माण तीव्र गतिमा

beni-jomsoma-korala road

काठमाडौं, २८ जेठ । नेपाल चीन हुँदै तेस्रो देशसम्मको ब्यापारका लागि अत्यन्तै आकर्षक हुने बेनी–जोमसोम–कोरला सडक निर्माण अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ । कालिगण्डकी करिडोरका नाममा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो आयोजनामा प्रधानमन्त्री कार्यालयको समेत विशेष चासो रहँदै आएको छ ।

म्याग्दीको बेनीदेखि जोमसोमसम्मको ७४ किलोमिटर र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर लामो सडक ११ मिटर चौडा बनाउने गरी एक्साभेटर, लोडर तथा हजारौ ँ श्रमिक खटिइरहेका छन् । नेपालले चीनका विभिन्न बन्दरगाह प्रयोग गर्न पाउने गरी द्विदेशीय समझदारी भएपछि चीनको ग्वाङ्जाओ बन्दरगाहको लाभ लिन यो सडक प्रयोग हुनेछ ।

पोखरा–बाग्लुङ सडक हुँदै मालढुङ्गा–बेनी सडकसँग जोडिएको यो सडक निर्माणमा पहाडी र हिमाली खण्ड पार गर्ने नाकास्थलहरूको पहरा चिर्न ठूलो जनशक्ति र उपकरण परिचालित छन् । चुनौतीपूर्ण मानिएको म्याग्दीको कालीगण्डकी खाँेच, रुप्से झरना आसपासको पहरा फुटाउने कार्य अहिले तीव्र गतिमा भइरहेको छ । कतिपय स्थान नेपाली सेनासँग सहकार्य गरेर ब्लास्टिड नै गर्नुपर्ने खालका छन् ।

बेनी (जोमसोम काम धमाधम

बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडक कालोपत्रेसमेत गर्ने गरी काम भइरहेको छ । चार खण्डमा ठेक्का लगाइएको बेनी जोमसोम सडकको पहिलो दुई खण्डको भौगोलिक अवस्था अत्यन्तै जटिल देखिन्छ । खासगरी गलेश्वर–तातोपानी १२ किलोमिटर र तातोपानी घाँसा सडकमा पर्ने भीरकोटे, महाभीर र काभ्रेभीरको करिब एकजार सातसय मिटरको पहरा ब्लास्टिङ गर्नुपर्ने देखिएको छ ।

बेनी–जोमसोम–कोरला सडक विस्तार आयोजनाका इन्जिनियर अश्विनीकुमार यादवका अनुसार यी भीरबाहेकका क्षेत्रमा काम अहिले तीव्र गतिमा भइरहेको छ । “तीनवटा भीरमा एक्साभेटरले पहरा फोर्न नसक्ने देखिएको छ, त्यसबाहेकका स्थानमा सडकको प्रगति उल्लेख्य छ ।” उहाँले भन्नुभयो, “कालोपत्रे समेत गर्ने गरी ठेक्कालागेको यो सडक खण्डको भौतिक प्रगति ४७ प्रतिशत छ ।” उहाँका अनुसार ब्लास्ट गर्ने योजना समयमै कार्यान्वयन गर्न सके आगामी कात्तिकसम्ममा सडक निर्माण सम्पन्न हुनेछ । यो खण्डका लागि कुल दुई अर्व ४५ करोड रुपियाँमा ठेक्का संझौता सम्पन्न भएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);