नेपाल भारत रेल सेवा सम्झौता संशोधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल भारत रेल सेवा सम्झौता संशोधन

nepal india

काठमाडौँ। नेपाल भारत रेल सेवा सम्झौता संशोधन भएको छ। दुई देशबीच भएको सम्झौता संशोधनको एलओई लेटर अफ एक्स्चेन्ज पत्र शुक्रबार आदन प्रदान भएको हो। उक्त पत्र आदानप्रदान भएसंगै नेपाल भारत रेल सेवा सम्झौता २००४ को सहमतिलाई केही खुकुलो बनाउँदै नेपालमा रेल बिस्ता गर्न सहज हुने भएको छ ।

भर्चुअल माध्यमबाट भएको कार्यक्रमको नेतृत्व भारतका तर्फबाट भारतीय रेल मन्त्रालय अन्तर्गतको परिचालन तथा व्यवसाय विकास विभागका सदस्य सञ्जय कुमार मोहांतीले गरेका थिए भने नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले गरेका थिए ।

सम्झौताको हस्ताक्षरसँगै सार्वजनिक तथा निजी कन्टेनर सञ्चालक, मोटर गाडी माल रेल सञ्चालक, विशेष मालसामान रेल सञ्चालक वा भारतीय रेल्वेले स्वीकृत गरेका अन्य माल ढुवानी सञ्चालक लगायतका सबै अधिकार प्राप्त कार्गो रेल सञ्चालकहरूले नेपाल आउने कन्टेनर र अन्य भारत र नेपालबीच ओसारपसार हुने मालसामान र तेस्रो मुलुकबाट आएका सामान भारतका बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाउने भएका छन् ।

यो नयाँ प्रावधानले नेपालको बजार शक्तिको पहुँचलाई विस्तार गर्नुका साथै नेपाली व्यापारी, ढुवानीकर्ता र उपभोक्ताहरूलाई लाभान्वित तुल्याउने अपेक्षा गरिएको छ ।यस सम्झौतासँगै भारतको रेल सञ्जालमा सञ्चालन हुने सबै किसिमका मालवाहक रेलले भारत र नेपालबीच मालसामान ओसारपसार गर्न पाउने भएका छन् । दुवै देशका दूतावास तथा सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);