१७ बर्षपछि नेपालमा आयो रेल, तोडियो भारत सरकारको सिण्डिकेट (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१७ बर्षपछि नेपालमा आयो रेल, तोडियो भारत सरकारको सिण्डिकेट (भिडियो सहित)

विरगञ्ज । नेपालको सुख्खा बन्दरगाहसम्म मालसामान ढुवानीमा आउने रेलमा भारत सरकारको एकाधिकार तोडिएको छ । बुधबार पहिलोपटक ९० वटा कन्टेनर बोकेर भारतको निजी रेल कम्पनी वीरगञ्ज सुख्खा बन्दरगाह आएपछि भारत सरकारको एकाधिकार तोडर रेल नेपाल आइपुगेको छ ।

१७ बर्षपछि नेपालमा अन्तत भारतको हिन्द टर्मिनल निजी कम्पनीले ९० वटा कन्टेनर सामान बोकेर बुधबार विरगञ्ज सुख्खा बन्दरगाहमा आइपुगेको छ । यससँगै सबैको ध्यान रेलमा केन्द्रित बनेको छ । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकाता नजिकको हल्दिया बन्दरगाहबाट हिँडेको ४० घण्टा पछि ८८ कन्टेनर बोकेर उक्त रेल नेपाली भूमिमा प्रवेश गरेको हो । सबै कन्टेनरमा नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेको मालवस्तु रहेको छ ।

सन् २०२१ को जुलाईमा नेपाल र भारत सरकारबीच भएको पारवहन सम्झौता अनुसार भारतीय निजी रेल कम्पनीले नेपालमा ढुवानी सुरु गरेको हो । सम्झौता भएको करिब दुई महिनापछि निजी कम्पनीले संञ्चालन गरेको रेल नेपालमा सामान ढुवानी गर्न आइपुगेको बताइएको छ ।

भारत सरकारसँगको सम्झौतापछि निजी क्षेत्रले नेपालमा सामान ढुवानी गर्न बाटो खुलेको थियो । योसँगै, भारत सरकारको विगत १७ वर्षदेखिको एकाधिकार तोडिनुका साथै अन्य निजी कम्पनीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);