अमेरिकाद्वारा १५ लाख भन्दा बढी नेपालीलाई पुग्ने कोरोना विरुद्धको खोप दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकाद्वारा १५ लाख भन्दा बढी नेपालीलाई पुग्ने कोरोना विरुद्धको खोप दिने

काठमाडाैं । नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले छिटै १५ लाख भन्दा बढी नेपालीलाई पुग्ने कोरोना विरुद्धको खोप निःशुल्क दिने जानकारी गराएका छन् ।

राजदूत बेरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । बेरीको सामाजिक संजाल ट्विटरमा आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी कोभिड १९ खोप निःशुल्क उपलब्ध गराउने उल्लेख छ ।

नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो अत्यन्तै खुसीको क्षण भएको भन्दै राजदुत बेरीले अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहने उल्लेख गरेका छन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);