डडेल्धुरामा फौजी किरा : सखाप पार्दै मकैबाली, चिन्तित कृषक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डडेल्धुरामा फौजी किरा : सखाप पार्दै मकैबाली, चिन्तित कृषक

डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालिकामा फौजी किराको प्रकोपले मकैबाली नष्ट गरेको छ । अमरगढी नगरपालिका ६ दुमडा गाउँमा हुर्कँदै गरेको मकै बालीमा अमेरिकन फौजी किराको संक्रमण देखिएपछि किसानहरु चिन्तित बनेका छन । हुर्कँदै गरेको मकैको बालीमा फौजी किराले क्षति गरेपछि किसानहरु मकैका बोट काटेर फाल्न बाध्य भएका छन् ।

मकै उत्पादनका लागि जिल्लाकै नमुना गाउँका रुपमा रहेको दुमडा गाउँमा फौजीकिराको प्रकोपले मकैबाली सखाप भएपछि अब खाद्यान्नको अभाव हुने भन्दै चिन्तित छन् कृषक काली प्रसाद भट्ट ।

दुमडा गाउँका अधिकांस मकैबारीमा फौजी किराको प्रकोप फैलिइसकेको र मकैवारीमा सबै सखाफ गरिसकेको भन्दै अमरगढी नगरपालिका – ६ ले कृषि प्राविधिक सहित विषादी औषधि प्राविधिकको सल्लाहमा कतिपय किसानले मकैबारीमा विषादी छरीरहेको अमरगढी नगरपालिका वडा ६ का अध्यक्ष गोविन्द भट्टले जानकारी दिए ।

डडेल्धुरामा फौजी किराको प्रकोप पहिलो पटक देखिएको कृषि ज्ञानकेन्द्र डडेल्धुराको भनाई रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);