खोटाङमा पाँचौ जिल्ला सभाले नीति तथा कार्यक्रमबाट १ करोड ३८ लाख बराबरको बजेट पास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

खोटाङमा पाँचौ जिल्ला सभाले नीति तथा कार्यक्रमबाट १ करोड ३८ लाख बराबरको बजेट पास

खोटाङ । जिल्ला समन्वय समिति खोटाङको पाँचौ जिल्ला सभाले वार्षिक नीति तथा कार्यक्रमबाट १ करोड ३८ लाख २० हजार बजेट पास गरेको छ । कोरोना माहामारीबीच सामाजिक दुरी कायम गर्दै बिभिन्न नीति तथा कार्यक्रमहरुको निर्णय गर्दै जिल्ला समन्वय समितिको पाँचौ जिल्ला सभाले नीति तथा कार्यक्रमबाट १ करोड ३८ लाख २० हजार बजेट पास गरेको हो ।

जिल्ला समन्वय समितिका अध्यक्ष बबी चाम्लीङको सभा अध्यक्षतामा जिल्ला समन्वय समितिको पाँचौ जिल्ला सभा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्लाको सम्भाव्यताको आधारमा व्यवस्थापन गर्दै विभिन्न विषयमा सुपरजोन बनाउन अनुरोध गर्नका साथै ई सी डी शिक्षकहरु बालविकास केन्द्रका सहयोगीहरुको सेवा सुविधा न्युन रहेकोले नेपाल सरकारको नीति कार्यक्रममा आएको बजेटलाई नेपाल सरकार समक्ष कार्यान्वयनको लागि माग गर्ने र जिल्ला सदरमुकाम बाट १० वटै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे पु¥याउने लगायतका महत्वपूर्ण निर्णयहरु पास गरेको जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लीङले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);