निगमका कर्मचारीद्धारा कम्पनीको प्रबन्धपत्र जलाइयो | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

निगमका कर्मचारीद्धारा कम्पनीको प्रबन्धपत्र जलाइयो

काठमाडौँ। नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै आन्दोलित कर्मचारीहरूले प्रबन्धपत्र जलाएका छन् ।शुक्रबार आन्दोलित कर्मचरीहरुले निगमा विरोध प्रदर्शन गदे प्रस्ताविक कम्पनीको प्रबन्धपत्र जलाएका हुन्।

निगमका तीनवटा कर्मचारी संगठनले निगमलाई निकीरण गर्ने निर्णय अबिलम्ब फिर्ता नगरेसम्म आफूहरुको आन्दोलन जारी राख्ने बताएका छन्।उनीहरुले निगम निजीकरण बन्द गर, निगम बेच्न पाइँदैन, महाप्रबन्धक राजीनामा दे लगायतका प्लेकार्ड सहित प्रर्दशन गरेका थिए ।

कर्मचारीहरुले निगमलाई धरासयी बनाउँदै निजीकरण गर्न लागेको भन्दै महाप्रबन्धक डिमप्रकाश पौडेलको राजीनाम माग गरेका छन् ।

Leave a Reply