जिल्ला समन्वयद्धारा गढवा गाउँपालिकामा अनुगमन, २६ करोड बढी बजेट खर्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जिल्ला समन्वयद्धारा गढवा गाउँपालिकामा अनुगमन, २६ करोड बढी बजेट खर्च

गढवा, १९ फागुन । जिल्ला समन्वय समिति दाङका अध्यक्ष जितेन्द्रमान नेपाली सहितको टोलीले मंगलबार देउखुरीको गढवा गाउँपालिकामा चालु आर्थिक बर्षमा भए गरेका भौतिक पुर्वाधार एवं संस्थागत शुसासनका बिषयमा अनुगमन गरेको छ ।

समन्वय समितिले जिल्लाका सबै स्थानीय सरकारहरुले गरेका भौतिक बिकास एवं संस्थागत बिकासका बारेमा अनुगमन गर्ने क्रममा गढवा गाउँपालिका, राप्ती गाउँपालिका, दंगिशरण गाउँपालिका र बबई गाउँपालिकामा अनुगमन गरिसकेको सुचना अधिकारी इन्द्र डिसीले जानकारी दिएका छन् ।

चालु आर्थिक बर्षमा गढवा गाउँपालिकाको कुल ६६ करोड, ७ लाख ५१ हजार बजेट रहेकोमा हाल सम्म ३६.६५ प्रतिशत अर्थात् २६ करोड ७५ लाख १४ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । गढवा गाउँपालिकाका कुल ४ सय ११ योजनाहरु मध्ये २ सय ३२ संझौता भै कार्यान्वयन चरणमा रहेका र ६८ योजनाहरु सम्पन्न भै सकेका योजना शाखाले जनाएको छ ।

यसैगरी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रममा ६० लाख बजेट रहेकोमा कुल ११ वटा योजनाहरु तय भै कार्यान्वयन चरणमा रहेको पाइएको छ । स्थानीय पुर्वाधार साझेदारीमा ६० लाख रकम रहेको र पालिकाले तर्जुमा गरेका कानूनहरु मध्ये ५ वटा ऐन, १ नियम तथा निर्देशिका, १३ वटा कार्यबिधि र ३ वटा नियमावली पास भै कार्यान्वयनमा आएको गाउँपालिकाले जनाएको छ ।

चालु बर्षमा न्यायिक समितिमा ७७ उजुरीहरु परेको ३४ वटा बिवाद निरुपण भएका र २३ वटा बिवादहरु निरुपण गर्न बाँकी रहेको न्यायिक समितिले जनाएको छ । गाउँपालिकाको आर्थिक हिसाब लेप तथा आलेप हुने चरणमा रहेको, १४ वटा आइइई भएको र ४ वटा नदीजन्य पदार्थको ठेक्का संझौता भैसकेको बताइएको छ । गढवा गाउँपालिकाभरमा कोभिड १९ बाट संक्रमित ५५ जना रहेकोमा सबै निको भएको पाइएको छ ।गढवा गाउँपालिकाले यस आर्थिक बर्ष सम्म १ करोडको लागतमा सर्पदंश

अस्पताल र सेना बस्ने ट्रष्ट निर्माण गरि संचालनमा ल्याएको, सबै वडा कार्यालय भवनहरु निर्माण गरिसकेको, चार करोड ७५ लाखको लागतमा ४२ कोठा तथा सभाहल सहितको गाउँपालिकाको अध्याधुनिक प्रशासकिय भवन निर्माण गरि संचालनमा ल्याएको, वडा नं. ६ मा ११ वटा ब्यापारिक सटरहरु निर्माण गरि बाहालमा दिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

यसै गरी आम्दा नेपाल संगको समन्वय सहकार्यमा कालाकाटे र चिमचिमेमा सामुदायिक स्वास्थ्य इकाई र मुसी तथा खबरी नाकामा गाउँघर क्लिनीक भवनहरु निर्माण गरेको तथा कोइलाबासमा आँखा अस्पताल एवं भ्यूटावर निर्माण गरेको समन्वय समितिलाई जानकारी गराइएको थियो । यसका साथै चालु आर्थिक बर्षमा गढवा गाउँपालिकाले बिभिन्न वडाहरुमा गरि १३ किमि सडक कालोपत्रे र सबै वडाहरुमा सडक ग्राभेल, स्तरोन्नती र पक्किनाली निर्माण लगायतका पुर्वाधार बिकासका कार्यहरु गरेको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);