रेशम खेतीतर्फ किसानकाे आकर्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

रेशम खेतीतर्फ किसानकाे आकर्षण

दाङ,१९ भदाै । दाङमा पछिल्लो समय धेरै व्यक्तिहरु रेशम खेती तर्फ आकर्षित भएका छन् । जिल्लाको देउखुरी क्षेत्रमा युवाहरुले केही वर्षयता रेशम खेती गर्न थालेका हुन् । स्वदेशमा भन्दा पनि अन्तराष्ट्रिय बजारमा यसको माग राम्रो भएकोले युवा कृषक रेशम खेतीमा जुटेका हुन् ।

पछिल्लो समय दाङका युवाहरु व्यवसायिक रेशम खेती तर्फ लागेका छन् । दाङको देउखुरी क्षेत्रमा रेशमका लागि अनुकुल हावापानी भएकोले युवाहरु यसतर्फ आकर्षित भएका हुन्। गढवा गाउँपालिका वडा नं. ४ की २० बर्षीय पुष्पा पौडेलले पुष्पा रेशम खेती गर्दै आउनु भएको छ ।

पौडेलले ऐग्रिकल्चरमा आइएस्सीसम्म अध्यनन् गर्नुभएको छ । त्यसैको प्रयोगात्मक कक्षा पनि रेशम खेतीको बारेमा लिएपछि त्यहिदेखि रेशमखेती तर्फ आकर्षित हुनु भएको हो। विगत ३ वर्षदेखि रेशम खेती गर्दै आएपनि सरकारी अनुदान नपाएको गुनासो गर्नु भएको छ।

शुरुको वर्ष ५ कठ्ठा जग्गामा ३० हजारको किम्बुको विरुवा लगाएको भए पनि त्यस बर्ष खडेरीका कारण सबै बिरुवा मरेका थिए । त्यसैगरी दोस्रो वर्ष किट विकास निर्देशनालय काठमाडौँले ५ लाख सहयोग गरेपछि पौडेलले ३ विगाहा जमिनमा खेती लगाउनु भएको थियो ।

पौडेलका अनुसार अहिलेसम्म अनुदानबाट आएको ५ लाख र आफ्नो गरी करिब १५ लाख खर्च भएको छ । त्यसैगरी गढवा गाउँपालिका वडा नं. ३ का युवा अन्जीत चौधरीले ९ विगाहा जमिनमा रेशम खेती गर्दै आउनु भएको छ । अहिले किसानले एक किलो रेशमको मुल्य ५ सय पाउने गरेका छन् । चौधरीले प्रदेश सरकारबाट अनुदान पाउँदै आउँनुभएको छ । उहाँले ७ विगाहा जमिन वार्षीक भाडा लिएर व्यवसाय थाल्नुभएको हो ।

त्यसैगरी गढवा गाउँपालिकामा करिब ४० विगाह जमिनमा युवाहरुले रेशम खेती गर्दै आएका छन् । तर कोरोना महामारीको कारण भने समस्या भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अनुदान दिँदै आएको समेत दाबी गरेको छ । गाउँपालिकाले अहिले कोरोना महामारी कारण विदेशबाट आएका करिब १ सय जना युवाहरु तथा गाउँमै रहेका युवाहरुलाई रोजगारी दिने योजना समेत बनाएको छ ।

रेशम किराका अण्डाहरु काभ्रेपलाञ्चोक, खोपासी लगायतका ठाउँबाट ल्याएर खेती हुने गरेको छ । यो खेती राम्रोसंग गर्न सकेमा एक विगाहा जमिनबाट वर्षमा ४ लाखसम्म आम्दानी गर्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);