नेपाल पत्रकार महासंघ बाराको नवनिर्वाचित कार्य समितिको पद स्थापन तथा प्रमाणपत्र बितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल पत्रकार महासंघ बाराको नवनिर्वाचित कार्य समितिको पद स्थापन तथा प्रमाणपत्र बितरण

अनिल पाण्डेय

बारा । नेपाल पत्रकार महासंघ बारा शाखाको नवनिर्वाचित कार्यसमितिको पद स्थापन तथा प्रमाणपत्र बितरण कार्यक्रम आज पत्रकार महासंघ बारा शाखाको कार्यालयमा सम्पन्न भएको छ।

प्रमुख निर्बाचन अधिकृत रुद्रधितालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बारा शाखाको अध्यक्ष रेशम तिवारी, उपाध्यक्ष रामबाबु मेहता, सचिव अनिल गौरव, कोषाध्यक्ष श्याम गुप्ता सदस्यहरु अनिल पाण्डेय, नरेश गुप्ता लगायत कार्यसमितीका सबै पदाधीकारी तथा प्रदेश सभासद र केन्द्रीय परिषद सदस्यहरुको प्रमाणपत्र बितरण भएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निबर्तमान अध्यक्ष कमल उपाध्यायले नयाँ समितीले कसैमाथि पनि भेदभाव नगरी मूल्यनिष्ठ पत्रकारिताको जग बलियो बनाउन आग्रह गरेका थिए। साथै आफ्नो दुई कार्यकालमा गरेको प्रगति पनि बताएका थिए।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जति द्वन्द भएपनि अन्तिम बिन्दुमानै पुग्नुपर्ने भएकोले बिभिन्न बाधा अवरोधको बिच पनि चुनाव सम्पन्न भएको खुशि ब्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए ।

नवनिर्बाचित अध्यक्ष रेशम तिवारीले पत्रकारहरुको भौतिक तथा पेशागत सुुरक्षाको लागि लागिरहने धारणा राख्नुभएको थियो।साथै सबै मिलि अगाडि बढ्ने जिकिर पनि गरे।

कार्यक्रममा निर्बाचन अधिकृत उमेशलाल दास, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौतम मिश्र , उधोग बाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साह, लगायतका उपस्थिति बिच सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन पत्रकार महासंघ बाराको महिला उपाध्यक्ष लक्ष्मी पाण्डेले गरेकि थिइन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);